गायक सीताराम पोखरेलको स्वच्छ नेपालमा जन्मोत्सव

ललितपुर । गायक सीताराम पोखरेलले प्रत्येक बर्षको अक्टोबर ४ तारिखका दिन बेग्लै शैलीवाट जन्म दिन मनाउने गरेका छन्। यो बर्षको अक्टोबर ४ तारिख सोमवारका दिन त्यसरी नै बेग्लै शैलीवाट गायक पोखरेलले मनाउने कार्य गरेका हुन्।

हरेक बर्षको अक्टोबर ४ तारिखका दिन घरमा भव्य समारोह नगरिकन कुनै न कुनै बालआश्रम तथा बृद्धाश्रम पुगेर जन्म दिन मनाउने क्रममा यो बर्ष ललितपुरको ताल्छीखेल स्थित स्वच्छ नेपालमा आश्रित असहाय–अनाथ बालबालिकासाथ गायक पोखरेलले जन्मदिन मनाएका छन्। यसरी जन्मदिन मनाउन पाउदा अत्यन्त खुशी र गौरब लागेको प्रतिक्रिया गायक पोखरेलले दिएका छन्।

जन्म दिनको खुशीयालीमा गायक पोखरेलले स्वच्छ नेपालमा आश्रित बालबालिकाहरुका लागि खाद्यान्न, स्वास्थ्य सामाग्री लगायत सहयोग गर्ने कार्य पनि गरेका थिए।

प्रकाशन मिति–२०७८ साल असोज १८ गते सोमवार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *