४४ करोड ठगी आरोपमा बैंकर इच्छाराज तामाङ पक्राउ

 

काठमाडौँ । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले ठगी आरोपमा राजधानीको सुनधाराबाट पक्राउ गरेको हो।

तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेका प्रहरीले जनाएको छ।

तिनै उजुरीको छानबिनका क्रममा तामाङलाई पक्राउ गरेर सीआइबीको टोलीले हिरासतमा लिएको हो।

सीआइबीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।

तामाङले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौँ ग्राहकको निक्षेप हिनामिना र ठगी गरेको अभियोग लागेको छ।

सीआइबी प्रमुख डीआइजी धीरजप्रताप सिंहले तामाङलाई पक्राउ गरेको पुष्टि गरेका छन्।

डीआइजी सिंहले निक्षेप रकम हिनामिना र करोडौं रुपैयाँ ठगी अभियोगमा तामाङलाई पक्राउ गरी हिरासतमा राखिएको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *