अफगानिस्तान बम आक्रमण, १०० जना मारिए

maitrinews

 

काबुल । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा आक्रमण गर्दा कम्तीमा १०० जना मारिएको अधिकारीहरूले बताएका छन्। त्यहाँ १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा कैयौँ शवहरू र अल्पसङ्ख्यक सिया समुदायले प्रयोग गर्ने मस्जिदका भग्नावशेषहरू देखिन्छन्।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन्।

इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस(केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ।