गोमन सर्पले डसाएर श्रीमती मार्ने श्रीमान्लाई दोहोरो आजीवन कारावास
भारत । गोमन सर्पले टोकाएर श्रीमतीलाई मारेको अभियोगमा एक भारतीय पुरुषलाई विरलै दिइने दोहोरो आजीवन कारावास सजाय सुनाइएको छ।
केरलामा गत वर्ष सर्पदंशबाट श्रीमती उत्तराको ज्यान गएपछि श्रीमान् सूरज कुमारलाई पक्राउ गरिएको थियो।
दाइजोका लागि सूरजले दुर्व्यवहार गर्दै आएको भन्दै उत्तराको परिवारले हत्या गरिएको आरोप लगाएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
सोमवार अदालतले उत्तरा सुतिरहेको बेला ओछ्यानमा एउटा गोमन सर्प छोडेको अभियोगमा सूरजलाई दोषी ठहर गरेको हो।