बेलायतको ग्लास्गोमा विश्व जलवायु सम्मेलन सुरु

maitrinews

 

ग्लास्गो । वर्षौँको तयारी र कोभिड महामारीका कारण एक वर्ष ढिलो गरी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६औँ सम्मेलन कोप२६ औपचारिक रूपमा यूकेको ग्लास्गोमा सुरु भएको छ।

जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आइतवार धेरैजसो औपचारिक समारोह तय भए तापनि सोमवारबाट विश्व नेताहरूले छलफल र बहसको कठिन काम सुरु गर्नेछन्।

जैविक इन्धनको प्रयोग सहित मानवीय कारणले विश्वको तापमान बढिरहेका बेला वैज्ञानिकहरूले जलवायु विपद् छल्न आपत्कालीन कार्यहरू आवश्यक रहेका चेतावनी दिइरहेका छन्।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले यस सम्मेलनलाई ुविश्वको सत्यको क्षणु बताएका छन्।

सन् २१०० भित्र औसत तापमान वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य तय गरिए पनि यतिखेर विश्वको तापमान २।७ डिग्री सेल्सियस पुग्ने गतिले बढिरहँदा त्यसले ुजलवायु दुर्भाग्यु निम्त्याउने संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

कोप२६ का अध्यक्ष आलोक शर्माले १।५ डिग्री सेल्सियसको लक्ष्यमा पुग्ने काम ुनिकै कठिनु रहेको बताउँदै त्यो हासिल गर्न विश्व नेताहरू ुएकजुट हुनुपर्नेु बताएका छन्।

उनले भने, ू१।५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि कोप२६ हाम्रो अन्तिम उत्कृष्ट आशा हो।ू

जसक्रममा झण्डै २०० देशहरूलाई आफ्ना कार्बन उत्सर्जन घटाउने थप महत्त्वाकाङ्क्षी लक्ष्यहरू तय गर्न भनिएको छ।