महानायक राजेश हमालको मन बूढो भएन

काठमाडौं। मनलाई कहिले पनि बूढो बनाउनु हुन्न । मनलाई सधैं पच्चीस बर्षे जवान बनाउनु पर्दछ। हरेक बर्षको जन्म दिनमा आफूले आफूलाई एक बर्ष बूढो भएको अनुभव पनि कहिले पनि गर्नु हुन्न !

हरेक दिन आफूलाई सदा ताजगी बनाउनु पर्दछ। जसले गर्दा मानिसलाई निरोगी वनाउने तर्क नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालको रहेको छ। मानिसले मनोरोगी वनाउने कार्य नै मनको बूढ्यौलीले हो।

मनलाई हरदम ताजा वनाउनु पर्ने तथा सकारात्मक सोचको विकास गर्न सकेमा सधै तन्नेरी हुने विचार पोख्ने महानायक हमाल अव नायक मात्र नभइकन गायक पनि बनेका छन्।

 

मन बूढो भएन बोलको गीत गाएर सवैलाई उत्साह दिने कार्य भएको छ। दीपक शर्माको गीत तथा संगीतमा महानायक हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि गायन रहेको छ।

देवेन्द्र पाण्डेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा महानायक हमालसंग बेजोड अभिनय गर्ने कार्य रेश्मा घिमिरेले गरेकी छन्। महानायक हमालसंग मज्जाले अभिनय गर्न पाउंदाको आफ्नो ठूलो भाग्य भनएको अभिनेत्री घिमिरेले वताएकी छन्।

 

प्रकाशन मिति–२०७८ साल कात्तिक २३ गते मंगलवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *