ग्लास्गोमा गरियो नयाँ जलवायु सम्झौता

maitrinews

 

ग्लास्गो । ग्लास्गोमा आयोजित कोप २६ विश्व सम्मेलनमा खतरनाक जलवायु परिवर्तनलाई रोक्ने उद्देश्य लिइएको एउटा सहमति गरिएको छ।

हरित गृह ग्यासहरूका उत्सर्जनमा सबैभन्दा नराम्रो इन्धन स्रोत कोइलाको प्रयोग कम गर्ने विषयमा सहमति भएको हो। विस्तृत योजना भएको उक्त सम्झौता कोइला सम्बन्धी पहिलो जलवायु सहमति हो।

सम्झौतामा उत्सर्जन तीव्र गतिमा कम गर्ने र विकासशील देशहरूलाई जलवायु परिवर्तनको असर कम गर्न थप सहयोग गर्ने विषय पनि उल्लेख छ।

तर यो सहमति पृथ्वीको तापक्रम १।५ डिग्री सेल्सिअसमा सीमित राख्नका लागि यथेष्ट छैन।

सहमतिको सुरुका मस्यौदामा उल्लेख गरिएको कोइलालाई चरणबद्ध रूपमा विस्थापित गर्ने विषय भारतको नेतृत्व लिएको विरोधका कारण नाटकीय रूपमा परिवर्तन भएको थियो।

भारतका जलवायु मन्त्री भूपेन्द्र यादवले विकासशील राष्ट्रहरूले ूआफ्नो विकास र गरिबी निवारणका विषयू हुँदाहुँदै कसरी कोइलालाई विस्थापित गर्ने र इन्धनमा अनुदान दिने प्रतिबद्धता व्यक्त गर्न सक्छन् भनेर प्रश्न गरेका थिए।

अन्ततः सहभागी राष्ट्रहरू केही आलोचनाका बाबजुद कोइलालाई विस्थापित गर्ने शब्दावलीको स्थानमा चरणबद्ध रूपमा प्रयोग कम गर्ने शब्दावलीमा सहमत भए। कोप २६ का अध्यक्ष आलोक शर्माले जसरी घटनाहरू भए त्यसका लागि माफी मागे।

शर्माले प्रतिनिधिहरूलाई त्यो सहमतिलाई समग्रमा सुरक्षित राख्नु महत्त्वपूर्ण भएको बताइरहँदा आँसु रोक्न सङ्घर्ष गरिरहेका थिए।