थाहै नपाई समानान्तर प्रेममा एक प्रेमिकालाई आघात

काठमाडौं। गीतको वोल नै थाहै नपाई रहेको छ। यस गीतकी गायिका दीपा कोइराला हुन्। यिनै गायिका कोइरालाको विलकुलै नयाँ गीत थाहै नपाइको भिडियो सार्वजनिक भएको छ।

त्यो पनि त्रिकोणात्मक प्रेम कथामा । अग्रज संचारकर्मी डब्बु क्षेत्रीको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा सरिता भारती, प्रवण भुसाल र विना रानामगरको अभिनय रहेको छ ।

दुई फूल एक माली भनेजस्तै एक प्रेमीले दुई प्रेमिकालाई समानान्तर प्रेम राख्दा एक प्रेमिकालाई पर्न गएको आघातको सचित्र कथा यस गीतको भिडियोमा रहेको छ । आघात प्रेमिकाको भूमिकामा संचारकर्मी समेत रहेकी सरिता भारतीको अभिनय रहेको छ ।


प्रकाशन मिति–२०७८ साल मंसीर ६ गते सोमवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *