नेपाली उस्ताद कृष्णभक्त महर्जनको नाचन माया नाचन

काठमाडौं। विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको विलकुलै नयाँ पुस्ताको चाहना बमोजिमको लोक आधुनिक पाराको गीतको भिडियो सार्वजनिक भएको छ। हङकङमा रहेका उस्ताद महर्जनकै सुपुत्री सोनम महर्जनसंग उस्ताद महर्जनको युगल गीत गायनको नयाँ स्वादको भिडियो रिलिज भएको हो।

यस गीतको भिडियोको बोल नै नाचन माया नाचन रहेको छ। हासेर बाँचौ र खुशी भएर बाँचौ सन्देशयुक्त गीतमा बाउ उस्ताद कृष्णभक्त महर्जन र छोरी गायिका सोनम महर्जनको यो पछिल्लो युगल गायन बेजोड नै बनेको छ।

यस गीतको गीतकार तथा संगीतकार स्वयम उस्ताद महर्जन हुन । त्यस्तै एरेञ्जर र मिक्सिङ तथा मास्टरिङ हरिशरण सायमीको रहेको छ। गीतको भिडियोमा फिचरिङ बिज्जु पार्की, कविता नेपाली लगायतको रहेको छ। छायाँकन पवन सुस्लिङले गरेका छन्। निर्देशन सोनम पाख्रिङको रहेको छ।

https://youtu.be/RIQAM1jFcJg?t=7

Leave a Reply

Your email address will not be published. Required fields are marked *