नेपालीको गायनमा जापानी गीत

काठमाडौं। नेपाल र जापान वीचको दौत्य संवन्धलाई अझ मजबुत बनाउनका लागि नेपाली र जापानीको धेरै हात तथा साथ रहेको छ। जापानीहरु नेपाली भाषालाई अत्यन्त रुचाउने गर्दछन्। उनीहरु सकभर नेपालीमा नै बोल्न चाहन्छन्।

नेपालीहरु पनि जापानी भाषामा सक्दो कुरा गर्न चाहने अव परम्परा जस्तै बन्न थालेको छ। यसक्रममा नेपाली गायकले जापानी भाषामा गीत गाएर नयाँ आयाम कायम गर्ने कार्य गरेका छन्। नेपाली गायक बज्र गुरुङले गाएको जापानी भाषामा गाएको गीतको भिडियो नै सार्वजनिक भएको छ।

आताकु ना रो बोलको गीतको भिडियो नेपाली गीतका मेलोडी किङ शंभुजीत बास्कोटा र युगिन गायिका ज्ञानु राणाले एकसाथ सार्वजनिक गरेका छन्। नेपालको फाइभस्टार होटल र्याडिसनमा आयोजित सार्वजनिक कार्यक्रममा जापानी अतिथी योइची टाडा, मेग्व्मी, मिस्टर वङ लगायतकाको समेत विशेष आतिथ्यता रहेको थियो । गीतको भिडियोमा गायब बज्र गुरुङका साथमा मायाबी गायिका नम्रता सापकोटाको अभिनय रहेको छ।

गायक बज्र गुरुङको स्वरमा सजिएको गीतमा उनकै आफ्नै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन दिपेश सिंहले गरेका छन भने मिक्सिङ मास्टरिङ्ग सुरेन्द्र श्रेष्ठले गरेक हुन । गीतलाई सुर मेलोडी रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीत संगीत तथा कलाकै माध्यमबाटै नेपाल र जापानको दौत्य सम्बन्ध अझै प्रघाढ बनाउने उदेश्यले पनि उक्त जापानी गीत तयार पारेको गायक गुरुङले बताए । इतिहासमै कुनै नेपालीले जापानी भाषामा गीत रचना गरी संगीतबद्ध गरेर गाएको सम्भवत यो पहिलो पटक भएको कार्यक्रम संयोजक एवम् झमझम पानी पार्ने गायक रामकृष्ण श्रेष्ठको भनाई रहेको छ।
गीतको भिडियोलाई अमृत सुनुवारले निर्देशान् तथा छंयाकन गरेका छन् । त्यस्तै सम्पादन माधव बेलबासेले गरेका हुन भने कोरियोग्राफी निसिला शाक्यले गरेकी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *