भोलिको चिन्ता नगर्नु दीर्घायुको सूत्र

maitrinews

 

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी १०३ वर्ष नजिक पुग्नु भएको छ । लामो समय बाँचेर पनि सक्रिय जीवन बिताउनु भएका जोशीको दिनचर्यामा अझै खासै परिवर्तन भएको छैन ।

विगतमा उहाँ धेरै कार्यक्रममा जानुहुन्थ्यो तर पछिल्लो समय हिँडडुल भने अलिक कम भएको छ । स्मरण शक्तिमा खासै फरक परेको छैन । तर, अब आँखा अलिक कमजोर भएका छन् । सुन्ने शक्ति र खाना रुचीमा पनि समान्य कमी आएको छ । तर पनि उहाँले भेट्न र गफिन आउनेसँग उहाँ खुलेर कुरा गर्नुहुन्छ । उहाँको कुरा सुन्दा उहाँमा खासै बुढ्यौलीले छोएको कुनै छनक पाइँदैन ।

शताब्दी पुरुषको बुढेसकालमा पनि यतिको ऊर्जा कसरी आयो त रु सत्यमोहन जोशीका अनुसार चिन्ता मुक्त हुनु नै दीर्घायुको रहस्य हो । उहाँ भन्नुहुन्छ, ‘मेरो घरमा जुरेली आउँछन् नाच्छन्, गाउँछन् जान्छन् । फेरि अर्को दिन आउँछन्, नाचेर जान्छन् । उनीहरुलाई भोलिको चिन्ता छैन त्यसैले सन्तोष लिनुपर्छ । अर्को कुरा आजका लागि आजै सोच्ने भोलिको लागि भोलि नै सोच्नुपर्छ ।’

उहाँ आफ्नो खानपान सामान्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘सन्तोष नै ठूलो कुरा हो । सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी ।’ दैनिक बिहानभर पत्रपत्रिका पढ्ने उहाँले अहिले अखबार पनि धेरै पढ्न छोड्नु भएको छ । यसो ‘हेडलाइन’ हेर्ने र कुनै महत्वपूर्ण विषय भए मात्रै पूरै पढ्ने गर्नुहुन्छ ।