नेपाल र साउदी अरबबीच दुई पक्षीय वार्ता

 

काठमाडौं । नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक वार्ता हुँदैछ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता हुन लागेको हो ।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा।नारायण खड्काले गर्नुहुनेछ भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा राजकुमार फैसल बिन फरहान अल साउदले गर्नुहुनेछ ।

बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुमा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठक सकिएपछि आजै नेपाल र साउदीबीच जनरलको अप्रेसन सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ ।

साउदी अरबका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले आज दिवा भोज दिनुहुने छ । आजै अपराह्न विदेशमन्त्री फैसल स्वदेश फर्कनु हुनेछ ।

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ निजी विमान मार्फत सोमबार नेपाल आउनुभएको हो ।