आर्थिक अपराधसम्बन्धी वेबसाइटमा प्रतिबन्ध

maitrinews

काठमाडौं। सरकारले क्रिप्टोकरेन्सी, बिटक्वैन, हाईपर नेटवर्किङ, अनलाइन जुवा बेटिङजस्ता गैर कानुनी क्रियाकलाप एवं आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता वेबसाइट र एपलाई चल्न नपाउने गरी निषेध, डिसएबल एवं कालो सुचीमा राख्न सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।

यसअघि अर्थ मन्त्रालयको आग्रहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन १ गते पत्र पठाउँदै प्राधिकरणलाई त्यस्ता वेबसाइट तथा मोबाइल एपमाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।