रुसको आक्रमणमा एक सयभन्दा बढी युक्रेनी सेना मारिए

maitrinews

 

किभ । रुसी सेनाले युक्रेनको एक सैनिक ब्यारेकमा आक्रमण गर्दा सय भन्दा बढी युक्रेनी सेनाको मृत्यु भएको आशंका गरिएको छ ।

युक्रेनको माकोलाइभ शहरको उत्तरी क्षेत्रमा रहेको सैनिक ब्यारेकमा रुसले ३ वटा क्षेप्यास्त्र प्रहार गर्दा सय भन्दा बढी युक्रेनी सेना मृत्यु भएको आशंका गरिएको हो । करिब २ सय सैनिक रहेको सो ब्यारेकमा गरिएको आक्रमणमा घाइते भएका ५७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

रातको समयमा सैनिकहरु सुतिरहेको अवस्थामा रुसले गरेको यो आक्रमण निकै नै कायर रहेको विश्लेषण गरिएको छ । सो ब्यारेकको भग्नावशेषमा कति सैनिक फसेका छन् भन्ने यकिन नभए तापनि उद्धार कार्य जारी छ ।

युक्रेनका तापक्रम हाल माइनस ६ डिग्री पुगेकै बेला युक्रेनी सेनालाई मौसमका कारण पनि रुसको प्रतिकार गर्न कठिनाई भइरहेको छ ।