अध्यक्ष ओली इलाममा, खनाललाई चुनौती

maitrinews

 

​​​​​​​इलाम । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज फिक्कल पुग्नुभएको छ ।

इलामको फिक्कलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेहरूलाई स्वागत गर्नुभएको छ ।
इलाम क्षेत्र नम्बर १ मा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि उपस्थित हुनुहुन्थ्यो ।
त्यस अवसरमा एमालेका अध्यक्ष ओलीले निर्वाचन आयोगमाथि गम्भीर प्रश्न उठाउनुभयो ।

मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उहाँले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गर्नुभयो ।

ओलीले भन्नुभयो, मनेनयन दर्ताका लागि दुई दिन किन चाहियो रु ९गठबन्धनमा० खटपट परेर कुरा नमिल्नसक्छ, भोलिपल्ट मिल्न सक्छ भनेर हो ?’

पाँच दलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?उहाँले प्रश्न गर्नुभयो ।
इलामको निर्वाचन क्षेत्र नं. १ एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र हो । अध्यक्ष ओलीका यो कार्यक्रमले उहाँमाथि चुनौती थपिएको छ ।