चीनका विदेशमन्त्री वाङ नेपाल आउँदै
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण यही शुक्रबारबाट शुरु हुँदैछ । दुई दिने नेपाल भ्रमणमा आउन लाग्नुभएका वाङको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।
उहाँको भ्रमणको मिति नजिक नजिक आउँदा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिसकेको छ । चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण कुटनीतिक क्षेत्रमा जति महत्व हुन्छ त्यो भन्दा बढी राजनीतिक रुपमा महत्व रहेको छ ।
नेपालको संघीय संसदबाट अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी अनुमोदन भएलगत्तै चिनियाँ विदेशमन्त्रीको प्रस्तावित भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
