स्थानीय निर्वाचन सार्ने प्रयास भइरहेको छ : ओली

maitrinews

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागिरहेको आरोप लगाउनुभएको छ । एमालेको प्रथम पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै सोमबार निर्वाचन आयोगका गतिविधि र त्यसमा सत्तारुढ गठबन्धनको संलग्नतालाई ध्यानपूर्वक नियाल्नुपर्ने बताउनुभयो ।

निर्वाचन आयोगमा आफू नेतृत्वको सरकारले नियुक्त गरेका तीन आयुक्तलाई सर्वोच्च अदालतबाट बर्खास्त गरेर निर्वाचन सार्ने तयारी भइरहेको पूर्वप्रधानमन्त्री ओलीको भनाइ थियो । अझै पनि निर्वाचन सार्ने, नगराउने, पर धकेल्ने तयारी भइरहेको छ । त्यो पनि कलात्मक ढंगले तयारी भइरहेको छ । कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास अहिले पनि हामी बुझ्न सक्छौं । संवाद भइरहेको छ आयोग र गठबन्धनका बीचमा । अरु आयुक्तहरूको नियुक्ति बदर गराउने हो भने दुई जनाले मात्रै गर्न सकिन्छ कि सकिँदैन भन्ने छलफल भइरहेको छ, उहाँले भन्नुभयो ।