कपिलवस्तुका २ सांसदसहित ५ हजार जना एमाले प्रवेश

maitrinews

 

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै हुनुहुन्छ । उहाँ त्यहाँ दुई सांसदसहित विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने ५ हजारभन्दा बढी नेता कार्यकर्ताहरुलाई स्वागत गर्ने एमालेले जनाएको छ ।

अध्यक्ष ओलीले संघीय सांसद वृजेशकुमार गुप्तालाई एमालेमा स्वागत गर्नुहुनेछ ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्ह लिएर स्वतन्त्रबाट विजयी गुप्ता आज औपचारिक रुपमा एमाले प्रवेश गर्न लाग्नुभएको हो । उहाँ २०७४ सालको निर्वाचनमा सुर्य चिन्ह लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
त्यस्तैगरी आजै कपिलवस्तुबाट प्रदेशसभामा निर्वाचित लुम्बिनी प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तव पनि एमाले प्रवेश गर्दै हुनुहुन्छ । उहाँ पनि २०७४ सालको निर्वाचनमा सूर्य चिह्न लिएर कपिलवस्तु क्षेत्र नम्बर २ ख बाट विजयी हुनुभएको थियो ।

त्यस्तैगरी कविलवस्तु क्षेत्र नं २ र १ बाट पाँच हजार बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमालेको दावी छ ।