प्रधानमन्त्री देउवाले तीन दिवसीय भारत भ्रमण गर्ने

maitrinews

काठमाडौँ । नेपाल र भारत दुवैले प्रधानमन्त्री शेरबहादुर देउवाको तीनदिने औपचारिक दिल्ली भ्रमणको तालिका सार्वजनिक गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० सम्म भारतको भ्रमण गर्ने जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार देउवाको साथमा उहाँकी पत्नी आरजु देउवा सामेल हुनुहुनेछ । भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का र अन्य मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

देउवाले पाँचौ पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारतको भ्रमण गर्न लाग्नुभएको हो । प्रधानमन्त्री देउवा चैत २० गते स्वदेश फर्कनु हुनेछ।