रुपन्देहीमा बन्यो भ्युटावर

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित बनबाटिकामा निर्माण गरिएको भ्यू टावरको उद्घाटन गरिएको छ।

०७४ चैत्र १५ गते शिलान्यास गरिएको उक्त भ्युटावर चार वर्षमा निर्माण सम्पन्न गरेर मंगलबार उद्घाटन गरिएको हो। भ्युटावरको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो ।
शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनवाटिका० मा एक सय ३४ फिट उचाइमा रहेको भ्युटावर १० तलाको रहेको छ।
देशका विभिन्न भागमा सरकारी बजेटबाट अनुत्पादक रुपका भ्युटावर निर्माण गरिएकामा आलोचना भइरहेका बेला तिलोत्तमा नगरपालिकाले भने यो भ्युटावर बहुउद्देश्यीय भवनको रुपमा निर्माण गरिएको दाबी गरेको छ।

तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको भ्युटावरमा पहिलो देखि छैंठौ तलासम्म व्यवसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् भने सातौं तलादेखि मात्रै दृश्यावलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ।

साढे ११ करोड बढी लागतमा निर्माण गरिएको भ्युटावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *