काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म २७ स्थानीय तहको मत गणना सकिएको छ ।

हाल सम्म सार्वजनिक मत परिणाम अनुसार नेकपा एमाले १२ र नेपाली काँग्रेसले ९ स्थानमा जित हासिल गरेका छन् । माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादी २ स्थान जितेका छन् ।

एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता पाएको छैन ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
​​​​​​​१. से फोक्सुण्डो गाउँपालिका– डोल्पा
२. चामे गाउँपालिका– मनाङ
३. ङिस्याङ गाउँपालिका– मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका– मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका– मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका– मुस्ताङ
७ः खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु
​​​​​​​८. साइपाल गाउँपालिका, बजाङ

नेपाली काँग्रेसले प्रमुख जितेका स्थानीय तह
१. नार्पाभूमी– मनाङ
२. घरपोझोङ– मुस्ताङ
३. नासो गाउँपालिका– मनाङ
४ः गुल्मी दरबार गाउँपालिका– गुल्मी
५ः गन्यापधुरा गाउँपालिका– डडेल्धुरा
६ः मुसिकोट नगरपालिका– गुल्मी
७ः खार्पुनाथ गाउँपालिका– हुम्ला

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१.काइके गाउँपालिका– डोल्पा
२. छार्का साङतोङ गाउँपालिका– डोल्पा

माओवादी केन्द्रले जितेका स्थानीय तह
१. जगदुल्ला गाउँपालिका– डोल्पा
२ः नौमुले गाउँपालिका– दैलेख