नेपाल र भारतबीच ६ वटा सम्झौतामा हस्ताक्षर
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएको दुईपक्षीय वार्ताका क्रममा विभिन्न ६ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भएको दुईपक्षीय भेटवार्ताका क्रममा ६ सम्झौतामा हस्ताक्षर भएको जानकारी परराष्ट्र मन्त्रालयले दिएको हो ।
प्रधानमन्त्री देउवा र मोदीबीचको भेटपछि दुवै देशका प्रतिनिधिमण्डलका सदस्यहरूबीच पनि द्विपक्षीय वार्ता भएको थियो ।
२५ सय ६६ औं बुद्ध जयन्तीका दिन मोदी नेपाल आएका हुन् । उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । दुईपक्षीय भेटवार्ताअघि देउवा र मोदीले मायादेवी मन्दिरमा पूजा गरेका थिए । त्यसपछि बौद्ध बिहारको शिलान्यास गरेका थिए । त्यसपछि पवन होटलमा भेटवार्ता भएको थियो ।
