काठमाडौं महानगरमा बालेनको अग्रता

 

 

काठमाडौं । काठमाडौं महानगर प्रमुखमा १० हजार ८९९ मतसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमै हुनुहुन्छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित ५ हजार ७८७ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह ४ हजार ३४७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

महानगरका निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत ल्याउनुभएको जानकारी दिनुभयो ।

यसैगरी, प्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा १०७, मादलमा १७, चक्का पाङ्ग्रोमा सात, कुखुराको भालेमा पाँच, सुगामा चार, खानेपानीको धारामा २१, करुवामा चार, किताबमा दश, बाघमा एक मत प्राप्त भएको छ ।

मङ्गलबार बिहान २४ हजार एक सय २६ मतगणना हुँदासम्म सो मत प्राप्त भएको हो ।

महानगर उपप्रमुखमा गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २६ सय ७५ मत प्राप्त गर्नुभएको छ भने एमालेकी सुनिता डङ्गोलले १० सय ४७७ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा ४०४, हलोमा १७ सय ९, पुतलीमा एक, खानेपानीको धारामा एक, मुढामा पाँच, क्यापमा ७०, लौरोमा एक हजार पाँच, आँखीझ्यालमा ७८३, करुवामा १३ मत प्राप्त भएको छ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहानदेखि मतगणना कार्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *