पूर्वबजेट छलफल आजदेखि

 

काठमाडौं । पूर्वबजेटमाथि आजदेखि छलफल सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९र८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार बजेट आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने भएको छ । यसका लागि विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइने अर्थमन्त्री शर्माले संसदमा उल्लेख गरे ।

कृषि र उद्योग प्रवर्द्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले बजेटमा सम्बोधन गर्ने भएको छ । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेट आउने समेत उनले जानकारी गराए ।

अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाइने समेत अर्थमन्त्रीले बताए । भ्रष्टाचार घटाउँदै सरकारप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने समेत अर्थमन्त्रीले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामा उल्लेख छ । आगामी आवमा सरकारको काँधमा दुई तह ९प्रदेश र संघीय०को निर्वाचन गराउने जिम्मेवारी समेत छ ।

निरपेक्ष गरिबी, सिमान्तकृत, दलित तथा आमजनताका आधारभूत आवश्यकता पूरा हुने गरी बजेट आउने उनले बताए । सार्वजनिक ऋणलाई वाञ्चित सीमा भित्रै राख्दै आर्थिक स्थायित्व कायम गरिने समेत अर्थमन्त्रीको भनाइ छ । बजेटलेका सिद्धान्त समाजवाद उन्मुख अर्थतन्त्र तर्फ केन्द्रित रहेने भएको छ । विकास र समृद्धिको जनआंकक्षा पूरा गर्न, सार्वजनिक सेवा प्रवाह, ठूला पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता दिने अर्थमन्त्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *