धनगढीको मेयरमा स्वतन्त्रका हमाल र उपमेयरमा एमाले विजयी

 

धनगढी । कैलालीको धनगढीमा रहेको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ ।

आइतबार सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बन्नुभएको हो ।

हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयर समेत रहनुभएका वडले १४ हजार १४६ मत पाउनुभयो ।

उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बन्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *