कलाकार किशोर चिपालुको बेगवान कलाकारिता
–श्याम स्मृत
काठमाडौं। मनैवाट उर्लिएको कलाकारिताको छाल बेगवान हुने गर्दछ। त्यो बेगवान कलाकारितामा अनुपम भावको तरंग उत्पन्न हुने गर्दछ। जसवाट सवैको मनलाई आकर्षित वनाउने मात्र नभइकन लोभ्याउने कार्य पनि गर्दछ। यही नै कलाकारिताको सफलता हो।
यही कलाकारिताको सफलतामा जमेका बेग्लैखाले कलाकार किशोर चिपालुको कलामय कमालले सवैलाई चकित वनाउदै लगेको छ। ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीको लेखन तथा निर्देशनमा निर्माण भएको नेपालभाषाको चलचित्र बसन्त–ऋतुवाट फिल्मी अभिनयको करियर शुरु गरेका कलाकार चिपालुको लागि बसन्त–ऋतु फिल्मी अभिनयकै टर्निङ प्वाइन्ट हो।
बसन्त–ऋतुमा तन्नेरी अवस्थादेखि बृद्धावस्थासम्मको अभिनयलाई स्वभाविक अभिनय गरेर सवैको वाहवाही कमाएका कलाकारलाई चिपालुलाई यसै फिल्मले नायक बनाएको हो। यसअघि, सन् २००५ देखि मोडलिङ करियर मार्फत विधिवत् रुपमा कला क्षेत्रमा आएका चिपालुले त्यसवेला ¥याम्प मोडलिङको अलावा केही फेसन–शो तथा टिभीसी मोडलिङ समेत गरेर चर्चा पाएतापनि सिमिततामा नै अल्झेका थिए। विराट लोकप्रियता पाउन सकेका थिएन।
मोडलिङको अलावा केही गीतका म्युजिक भिडियोहरुमा पनि लिड रोल गर्दैआएका चिपालुलाई बिग अपुर्चुनिटी दिएको भनैकै चलचित्र बसन्त–ऋतुले नै हो। बसन्त–ऋतुमा शोभा महर्जन देखि अनु महर्जनसम्मका नायक बनेर बेजोड अभिनय गरेका छन्। बसन्त–ऋतुवाट जमेका चिपालु त्यसपछि भने, बुद्धकालिन नेपालभाषाको अर्को फिल्म घोषकवाट चर्चामा आए।