यू–२० साफ च्याम्पियनसिपमा सहभागी हुने युवा टोलीलाई एन्फाको विदाई
काठमाडौँ । भारतमा आगामी साताबाट सुरु हुने यू–२० साफ च्याम्पियनसिपमा सहभागी हुने युवा टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबारको बिदाइ गरिएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमकबीच राष्ट्रिय खेलुकद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरहादुर खड्का लगायत एन्फा कार्यसमितीका सदस्यले नेपाली टोलीको बिदाइ गरेका हुन् ।
नेपाली टोली आज दिउँसो भारत प्रस्थान गर्नेछ । एन्फाले सोमबार प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । नेपाली टिम प्रशिक्षक मेघराज केसी, व्यवस्थापक दिवाकर घले र कप्तान आयुष घलान रहेका छन् ।