काठमाडौंको कल सेन्टरमा प्रहरीको छापा, थुप्रै ल्यापटपहरू बरामद

काठमाडौं : काठमाडौंको तिनकुनेस्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । सोमबार तिनकुनेस्थित एक कल सेन्टरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

अहिले छापा मार्ने काम भइरहेको हुँदा सबै विवरण आइनसकेको प्रहरीको भनाइ छ ।
कल सेन्टरबाट थुप्रै ल्यापटपहरू बरामद भएको बरिष्ठ प्रहरी उपरीक्षक भरत बोहराले
बताए । तर यकिन कति बरामद भएको भन्ने खुलेको छैन । यो कम्पनी चिनियाँले चलाएको प्रहरीको भनाइ छ ।

उनीहरूले कल सेन्टरको नाममा आपराधिक कृयाकलाप गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो । उनीहरूले कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोप छ।