नेप्से सूचक उच्च अंकले बढ्यो, कारोबार रकम पनि ४ अर्ब नाघ्यो

 

काठमाडौं मौद्रिक नीति पछि भएको दुई कारोबार दिन नै नेप्से सूचक उच्च अंकले बढेको छ । आइतबार ६१.०५ अंकले बढेको नेप्से सूचक सोमबार पनि ५४.५४ अंकले बढेको हो ।
सोमबार नेप्से सूचक ५४.४५ अंकले बढेर २१३२.९६ विन्दुमा पुगेको छ । यस दिन २१४ कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर किनबेच भएर ४ अर्ब १० करोड ६८ लाख रुपैयँ बराबरको शेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमुहको सूचक सकारात्मक देखिएको छ । फाइनान्स उपसमुहको सूचक सर्वधिक ७.९० प्रतिशतले बढेको छ । यस्तै विकास बैंक उपसमुहको सूचक पनि ५.८४ प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । यस दिन शिवम् १५ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै अरुण काबेली पावरको पनि १४ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।