जिन्दगीमा’ अभिनय मार्फत विजु र सुनिशाले दिए बलात्कार बिरुद्ध सन्देश

काठमाडौं : लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत जिन्दगीमा’ सार्वजनिक भएको छ ।

रोमान्टिक शैलीमा तयार पारिएको गीत गायनमा नितिनलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । मुनाल शिशिर कोइरालको शब्द तथा राजेश थापाको संगीत रहेको गीतको भिडियोमा भने बलात्कार बिरुद्धको सन्देश समेटिएको छ ।

भिडियोमा बलात्कार जघन्य अपराध हो । बलात्कृत नारीले आत्मसम्मान र
स्वाभिमानका साथ जिउन पाउनुपर्छ भनिएको छ । बलात्कारको पिडा बालत्कारीले नभएर स्वयं बलाकृत नारीले भोग्छे भनेर समेत देखाउन खोजिएको भिडियोमा विजु कार्की र सुनिशा बजाजको मुख्य अभिनय रहेको छ । भिडियोमा बालकलाकार ईशब घिमिरेको समेत अभिनय रहेको छ ।

सफल मोसन पिक्सचरले निर्माण गरेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोका निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् ।