बोर्डले दियो इष्टर्न र खप्तडलाई आईपीओ निष्काशन अनुमति
काठमाडौं : नेपाल धितोपत्र बोर्डले इष्टर्नहाइड्रोपावर लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।
बोर्डले इष्टर्नलाई साउन ९ गते र खप्तडलाई साउन १० गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
इष्टर्न हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधरणको लागि १२ करोड २४ लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ भने यस्तै खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
