बढ्यो कोरोना, एकैदिन ६३८ जना संक्रमित
काठमाडौं : उपत्यका लगाएतका जिल्लाहरुमा कोरोना संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५५ जनाको परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४०० जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
