एसईईको नतिजा भोलि सार्बजनिक हुने

काठमाडौंः एसईई परीक्षाको नतिजा मंगलबार सार्बजनिक हुने भनेपनि समयको अभाबले बुधबार सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयले बुधबार नतिजा सार्वजनिक गर्ने भएको हो ।

एसईई परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिए । उनले भने ‘हामी अन्तिम तयारीमा छौं । नतिजा भोलि आउँछ ।’

बोर्डले एसईईको परीक्षा २०७८ वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *