चलचित्र क्षेत्रका समस्याहरु सुन्न सर्वपक्षीय सम्मेलन आयोजना गर्छुः भुवन केसी
काठमाडौँ । भुवन केसीले चलचित्र विकास बोर्डको अध्यक्षमा आज पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै उनले चाँडै चलचित्र क्षेत्रका समस्याहरु सुन्न सर्वपक्षीय सम्मेलन आयोजना गर्ने बताउनुभयो ।
पत्रकारहरुसँग कुरा गर्दै केसीले भन्नुभयो, ‘चलचित्र क्षेत्रभित्र धेरै समस्या छन् । म सबैका समस्याहरु सुन्न चाहन्छु । त्यसैले चलचित्रको सबै विधाका मान्छेहरुलाई संलग्न गराएर एक–दुई दिनमै एउटा सम्मेलन आयोजना गर्ने योजना छ ।’