मोटरसाइकल चोरीमा संलग्न छ जना पक्राउ
भोजपुर : मोटरसाइकल चोरीमा संलग्न छ जना लाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइल चोरीमा संलग्न रहेका छ जनालाई आइतबार सार्वजनिक गरेको हो ।
जिल्लाबाट हराएका छवटा मोटरसाइलमध्ये चारवटा प्रहरीले फेला पारेको छ । केहि समय अघि भोजपुरमा मोटरसाइल चोरीका घटना बढेका थिए ।
चोरी भएका मोटरसाइकल प्रहरीले सङ्खुवासभाबाट फेला पारेर ल्याएको हो । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।