सान्जेन जलविद्युतको आईपीओ निष्काशन भदौ ५ गतेदेखि
काठमाडौं : भदौ ५ गतेदेखि सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
सो शेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, आमाटादिङमो गाउँपालिका वडा नं ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बाँडफाँट गरिने जनाएको छ ।
लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।