एम्बुलेन्सको ठक्करबाट हेटौंडा एक जनाको मृत्यु

मकवानपुर : मकवानपुरको हेटौंडामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सले ठक्करदिंदा मनहरि गाउँपालिका–९ को खरङ्गामा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पाको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर पछि एम्बुलेन्स चालक फरार भएकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ