धापासीबाट जुवातास खेलिरहेका ८ जना पक्राउ

काठमाडौं : टोखा नगरपालिका–४ धापासीबाट जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

धापासीको भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा उदयपुर गाईघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ८ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरको छ ।

पक्राउ परेकाहरु संग प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।