पूर्णशंकर टेबलटेनिस आजदेखि लैनचौरमा

काठमाडौँः दोस्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगिता स्पिन इभेन्ट्सको आयोजनामा मंगलबारदेखि सुरु हुँदै छ ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र लैनचौरस्थित हलमा हुने प्रतियोगितामा पुरुष / महिला सिंगल्स र टिम तथा भेट्रान ४०, ५० र ६० वर्षमाथि गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने संयोजक तथा आयोजक स्पिनकाले जनाएकाे छ ।

पुरस्कार पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र समान ७ हजार ५ सय रुपैयाँ नगद प्राप्त गर्नेछन् । भेट्रानका तीनै स्पर्धामा समान नगद पुरस्कारमा पहिलोले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुने दुई जनाले समान २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् ।

पहिलो संस्करणमा विराटनगर महानगरपालिका–३ च्याम्पियन बनेको थियो । प्रतियोगितामा ५ सय ५० खेलाडीको सहभागिता सहित खेलका मुख्य प्रायोजक तथा समाजसेवी श्रेष्ठ समेत रहनु हुने आयोजकले जनाएको छ ।