साफ महिला च्याम्पियनमा भारतले हरायो पाकिस्तान

काठमाडौं : साफ महिला च्याम्पियनसिपमा भारतले पाकिस्तानलाई ३–० गोलले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको समूह ‘ए’ को खेलमा भारतले पहिलो हाफमा दुई गोल गरेको थियो ।

खेलको २०औं मिनेटमा पाकिस्तानकी मारिया खानले आत्मघाती गोल गरेपछि भारतले अग्रता लिएको थियो । भारतकी सन्धियाको क्रस क्लियर गर्ने क्रममा खानले आफ्नै पोस्टमा गोल गरेकी थिइन् ।

समूहमा आजै साँझ बंगलादेश र माल्दिभ्सबीच खेल हुँदैछ ।

यसअघि समूह ‘बी’ को खेलमा आयोजक नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको थियो ।