एसिया कप क्रिकेटः श्रीलंकाले हरायो पाकिस्तान

काठमाडौं : युएईमा भइरहेको एसिया कप क्रिकेट अन्तर्गत खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएको छ ।

शुक्रबार दुबईमा भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई ५ विकेटले हराएको हो ।

पाकिस्तानले दिएको १ सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकालाई पाथुम निशन्काले ५५ रनको अर्धशतकीय इनिङ सहित भानुका राजपाक्षेले २४ तथा कप्तान दसुन शनकाले २१ रन दिलाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।

यस जितसँगै श्रीलंका सुपर चारमा फाइनल पुगेको छ । पाकिस्तान दोस्रो स्थानमा रहेर फाइनल पुगेको छ ।

अब फाइनलमा पाकिस्तान र श्रीलंकाबीच नै प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल आइतबार हुनेछ ।