एसिया कप टी–२० मा पाकिस्तान र श्रीलंका भिड्दै
काठमाडौं : टी–२० एसिया कप क्रिकेटको उपाधिको लागि आइतबार पाकिस्तान र श्रीलंका भिड्दैछन् ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको उक्त खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
श्रीलंकाले सुपर फोरमा भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर विजयी भएको थियो ।
पाकिस्तानले भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासँग पराजित भएको थियो।
पहिले भएको पाँच टी–२० खेलमा भने श्रीलंका ४ र पाकिस्तान १ खेलमा विजयी भएका छन्।
सन् २०१७ मा पाकिस्तानले श्रीलंकालाई पराजित गरेको थियो ।
