एएफसी यू–२० खेलमा भुटानको जित

काठमाडौं : एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोल अन्तरले पराजित भएको छ ।

नेपाल शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको पहिलो खेलमा पराजित भएको हो ।

भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले पहिलो हाफ र दोस्रो हाफमा क्रमशः १–१ गोल गरि २ गोल हात पारेकोे हो ।

खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका थिए ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगलादेश छन् ।

सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा समूह विजेताद्वारा स्थान पाउनेछ भने नेपालले बिहीबार बहराइनसँग खेल्नेछ ।