नवौँ राष्ट्रिय खेलमा सुदूरपश्चिम विजयी

काठमाडौंः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई १३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेकाे हाे ।

सुदूरपश्चिमले प्रदेश १ लाई जीतका लागि एक सय ४५ रनको लक्ष्य दिएको थियो । जवाफमा प्रदेश १ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३१ रनमा समेटिएको थियो ।

प्रदेश १ का लागि दिपेश कँडेलले अविजित ३४ रन बनाए भने कप्तान फिर्दोस अन्सारीले ३३ रनको योगदान दिए ।

प्रदेश १ का कप्तान फिर्दोस अन्सारीले तीन विकेट लिँदा दिपेश कँडेलले दुई विकेट लिए । यस जीतसँगै सुदूरपश्चिमले तीन खेलमा चार अङ्क जोडेको छ । पराजित प्रदेश १ को भने तीन खेलबाट दुई अङ्क रहेको छ ।

प्रतियोगितामा तीन विभागीय टोली, सात प्रदेश र एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ ।