टी–२० एसिया कपको उपाधि श्रीलंकालाई
काठमाडौं : टी–२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ । पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधि हात पारेको हो ।
श्रीलंकाले पहिले ब्याटिङमा पाकिस्तानलाई १७१ रनको लक्ष्य दिएको थियो । तर, पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन बनायो ।
पाकिस्तानका मोहम्मद रिजवानले ५५ रनमा बनाए भने कप्तान बाबर आजम ५ रनमै आउट भए ।
दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।
श्रीलंकाका भानुका राजपक्षेले सर्वाधिक ७१ रन बनाए, वानिन्दु हसरंगा ३६, धनन्जय डे सिल्भाले २८ र चमिकाले १४ रन बनाएका थिए ।
श्रीलंकाको यो छैटौं एसिया कप उपाधि हो । श्रीलंकाले सन् २०१४ पछि उपाधि जितेको थिएन ।