नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीको जित

काठमाडौंः नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ ।

सोमबार भएको उक्त खेलमा आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हराएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मधेसले दिएको १०५ रनको लक्ष्य पछ्याएको आर्मीले १८ ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको छ ।

यसअघि पहिले ब्याटिङ गरेको मधेसले २० ओभरमा ७ विकेट गुमाएर १०४ रन जोडेको थियो । मधेशका लागि सन्तोष कार्कीले २१ रन बनाएका थिए ।

यस जितसँगै समूह ‘ए’मा आर्मीले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा उक्लियो भने मधेस ४ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।