महिला साफ च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं : महिला साफ च्याम्पियनसिपमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
नेपाल समूह बी को विजेता बन्दै साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हाे । महिला साफ च्याम्पियनसिपकाे याे छैटौं संस्करणको खेल हाे ।
समूहको अन्तिम खेलमा श्रीलंकालाई ६–० ले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरिन् ।
खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् ।
१७ औं मिनेटमा अमृता जैशीले गोल गर्दै नेपाललाई ३–० ले अघि बढाइन् ।
खेलको ७६ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाइन् । त्यसपछि खेलको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० को जित दिलाइन् ।
नेपालको जितले भुटान पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । दुई खेलमै हार व्यहोरेको श्रीलंका समूह चरणबाटै बाहिरिएको छ ।