राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले २९ खेल खेल्ने

कर्णाली : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिन थालेको जनाएको हो ।

परिषद्ले प्रतियोगिताका कुल ३६ खेलमध्ये कर्णालीको २९ खेलमा सहभागिता हुने जानकारी दिएको छ ।

कर्णाली प्रदेशले कबड्डी, उसु, भलिबल (महिला–पुरुष), कराते, बक्सिङ, तेक्वान्दो, फुटबल (महिला–पुरुष), क्रिकेट, आईटीएफ, ब्याडमिन्टन, एथ्लेटिक्स, रग्बी, भारोत्तोलन, शारिरीक सुगठनमा सहभागिता जनाउनेछ ।

त्यस्तै कुस्ती, हेण्डबल (महिला–पुरुष), टेबल टेनिस, हक्की, जुडो, बास्केटबल, सुटिङ, खोखो, फुलकन्ट्याक कराते, पौडी, बुद्धिचाल, प्याराग्लाइडिङ, सेपाक्रताको र जिम्न्यास्टिकमा भाग लिनेछ।

प्रदेश सरकारले यसपटक स्वर्णपदक विजेतालाई दुई लाख, रजत पदक विजेतालाई एक लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख प्रोत्साहन पुरस्कार सहित सम्मान गर्ने भएको छ ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न गण्डकी प्रदेशबाट आयोजकको झण्डा ग्रहण गर्ने भएको छ ।

लुम्बिनी प्रदेशमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले तीन स्वर्ण, चार रजत र १७ कास्यसहित २४ पदक जितेको थियो।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *