एसियन कपमा नेपाल बहराइनसँग पराजित

काठमाडौं : एएफसी यू–२० एसियन कप छनोट अन्तर्गत बुधबार राति भएको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको छ ।
लगातार तेस्रो हारपछि अंकविहीन रहेको नेपाल पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हाे ।
भुटानसँग पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो भने दोस्रो खेलमा कतारले नेपाललाई ३–१ ले हराएको थियो ।
बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरेका छन् भने कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले १–१ गोल गरेका थिए ।
प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार बंगलादेशको सामना गर्नेछ ।