अब गाडी किन्दा अनिवार्य प्यान नम्बर चाहिने

काठमाडौं : गाडी किन्दा अबदेखि अनिवार्य रुपमा स्थायी लेखा(प्यान) नम्बर पेश गर्नुपर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा नम्बर पेश गर्नुपर्ने र बिक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री बिजकमा उल्लेख गर्नुपर्ने जनाएको छ ।

विभागले प्यान नम्बर अनिवार्य लागू गर्ने क्रममा यो नियम कार्यान्वयनमा ल्याएको हो ।

विभागले चालु आवको बजेटमा उल्लेख भए अनुसार पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर अनिवार्य पेश गर्नुपर्ने नियम समेत कार्यान्वयन गर्न सूचित गरेको छ ।

चालु आवको बजेट बक्तव्यकाे ३९१ नम्बर बुँदाले यस्तो प्रावधान गरेको छ । पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने भएको छ । यो प्रावधान कार्यान्वयन गर्ने सम्बन्धित निकायहरुलाई विभागले सूचित गरेको हो ।